नियम २१
मुद्दाको सुनुवाइ
: (१) ऐनको दफा २६ को उपदफा (१) बमोजिम सुनुवाइको सिलसिलामा बालबालिकालाई प्राप्त अधिकारको कार्यान्वयन हुने गरी मुद्दाको सुनुवाइ गर्नु पर्नेछ ।

(२१ बाल अद्वालतले सुनुवाइ गर्दा आरोपित बालबालिकालाई कसूरजन्य कार्यको प्रकृति र प्राप्त साक्षी प्रमाणका सम्बन्धमा जानकारी दिनु पर्नेछ ।

(३) सुनुवाइ गर्दा बालबालिकाले आफ्नो करा राख्न चाहेमा सोका लागि मौका दिन्‌ पर्नेछ ।

(४) सुनुवाइमा उपस्थित पीडित पक्षले कुनै कुरा व्यक्त गर्न वा राख्न चाहेमा सोका लागि मौका दिनु पर्ने छ।